१३ मङ्सिर २०७८, सोमवार

निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न आयोगको आग्रह

२०७४,आश्विन,२०,शुक्रवार १५:४९

0
Shares

 काठमाडौँ, २० असोज -निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न÷नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ ।आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाएको छ ।त्यसैगरी, मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्देशिका, कार्यविधिको तर्जुमा लगायतका तमाम कार्य सँगसँगै अगाडि बढिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पु¥याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमसँग सहयोगका लागि आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा पदाधिकारीको नाम प्रस्तुत गरेका छन् । उनले ‘सहमतिका लागि’ सोमबार

भरतपुर । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गरेका छन् । अध्यक्षमण्डलको बैठक लगतै सुरु

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७
बाघको आक्रमणबाट एकको मृत्यु
 २०७८,मङ्सिर,१२,आईतवार २२:३६