महन्थ ठाकुरले बोलाए आफू पक्षका सांसदहरुको बैठक

लोकपथ
203
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

आजको बैठकमा बिहीवारबाट नेपाली राजनीतिमा विकसित नयाँ घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि बसेको महन्थ ठाकुर पक्षधर सांसदको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

बैठकमा बाबुराम भट्टराई – उपेन्द्र यादव पक्षका सांसदहरुलाई भने नबोलाइएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?