राष्ट्रपतिलाई महाअभियोग लगाऔं : तरुण दल

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान विरुद्धको अपमान गरेको भन्दै महाअभियोग लगाएर पदमुक्त गर्न माग गरेको छ ।

शुक्रवार तरुण दल अध्यक्ष जित जङ्ग बस्नेतले एक विज्ञप्ति जारी गरी संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु संविधान विरुद्धको अपराध भएको बताएको छ । राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएकाले महाअभियोग लगाई पदबाट मुक्त गर्नुपर्ने माग गरिएको हो । विज्ञप्तिमा भनिएको छ,‘सम्माननिय राष्ट्रपतिज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकजस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।’

राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधि खेदजनक रहेको तरुण दलले जनाएको छ । मुलुकको सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्नेमा तरुण दलले जोड दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?