काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले लौरो उभ्याएर भएपनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन् ।
शुक्रबार एक ट्वीट गर्दै डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहं भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन् । उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए ।
‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौं ।’ उनले भनेका छन्, ‘सबैले आवश्यक त्याग÷बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ । आजै गरौं,अहिल्यै गरौं ।’
उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया