नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिको आह्वान बारे छलफल हुने

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

राष्ट्रपति कार्यालयबाट बिहीवार साँझ नेपालको संविधानको धारा ७६(५) बमोजिको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसको सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्नका लागि बैठक राखेको हो ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?