काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशलाई चुनावको अँध्यारो सुरुङ भित्र धकेल्नेहरुलाई परास्त गर्दै संविधानको धारा ९६(५) अनुसार निकास दिनुपर्ने बताएका छन् ।
बिहीबार राति ट्वीट गर्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुराफात शीरोमणि द्वयको संज्ञा दिदैँ उनीहरुको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने बताए । उनले कोरोनाको संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरूङमा धकेल्नेहरुलाई दण्डित/परास्त गर्नुपर्ने बताए ।
सबै राजनीतिक दलहरुले दलीय तथा नीजि स्वार्थ त्यागेर संविधानको धारा ७६(५) बमोजिम निकास दिन पनि उनले आव्हान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया