संसद भंग गर्ने डिजाइन भयो : देव गुरुङ

लोकपथ
112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गर्ने डिजाइन गरेको बताएका छन् ।

प्रमुख सचेतक गुरुङले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नुको उद्देश्य संसद भंग गर्नु नै रहेको बताएका हुन् । यी सबै कामहरु संसद भंग गर्ने र संविधान सिध्याउने डिजाइन अन्तरगत भएको उनको भनाई छ ।

उनले संसदलाई विघटन हुन नदिन संविधान पक्षधर राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने पनि बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ नयाँ सरकार गठनको लागि आह्वान गरेकी छिन् । उनले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?