काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता घनश्याम भुसालले अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ रहेको बताएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै नेता भुसालले आन्दोलनप्रति न्युनतम इमान्दारीता छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्न सक्ने ठाउँ रहेको बताएका हुन् । उनले आन्दोलनलाई बर्बाद पार्ने कसम खाएको भए त्यो घडी पनि नजिक आएको भन्दै सांकेतिक रुपमा पार्टी विभाजनको विन्दु नजिकिएको पनि बताए ।
‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउँ छ ।’ उनले लेखेका छन्, ‘आन्दोलनलाई बर्बाद गर्न आफँै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया