काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् ।
एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन् । प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा। अजयराज गौतमलाई हस्तान्तरण गरेका छन् ।
अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त भएको डा. गौतमले जानकारी दिए ।
अस्पताललाई प्राप्त भएको महत्वपूर्ण सामग्रीले बिरामीको उपचारमा सहयोग पुर्याउने डाक्टर गौतमले बताए । गोरखा अस्पतालमा बिरामीको उपचारका लागि आइसोलेन बेडको अभाव भएपछि प्रवक्ता श्रेष्ठको निर्देशनमा वेड थप गर्ने काम भइरहेको छ भने अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया