एमाले लमजुङद्वारा बीस उम्मेदवारको नाम सिफारिस

लमजुङ, २० असोज – आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) लमजुङबाट सबै उम्मेदवारको नाम सिफारिस गरिएको छ ।जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ २० उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो । एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको थियो । सोबाहेक जिल्ला कमिटी बैठकले प्रदेशतर्फ समानुपातिक र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार थप १४ जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो । एमाले लमजुङका अनुसार प्रतिनिधिसभाका लागि जमीन्द्रमान घले, टुका हमाल र राजकुमार विष्टको नाम सिफारिस गरिएको छ ।यसैगरी समानुपातिकतर्फ बमबहादुर थापा र दीपा गुरुङको नाम सिफारिस भएको छ । यस्तै निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङ तथा समानुपातिकतर्फ मायानाथ अधिकारी, फूलबहादुर थापा, लोका अधिकारी र वैकल्पिकमा हीरालाल विश्वकर्माको नाम सिफारिस भएको छ ।यस्तै क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङ तथा समानुपातिकतर्फ महेन्द्रलाल श्रेष्ठ, केशर खत्री, यशोदा रिमाल र वैकल्पिकमा रामबहादुर विकको नाम सिफारिस भएको छ । बैठकले एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई संघको प्रत्यक्ष तथा समानुपातिक वा क्षेत्र नं २ बाट प्रत्यक्ष वा समानुपातिक गरी चारैतर्फबाट उम्मेदवार बन्न पाउने गरी बाटो खुला गरेको जनाइएको छ ।उम्मेदवार खोज्दै साझा पार्टीविवेकशील साझा पार्टीले उम्मेदवारको खोजी गरेको छ । सो पार्टीका लमजुङ प्रतिनिधि निर्देश सिलवालले विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार आह्वान गर्नुभएको हो ।‘हाम्रो होइन राम्रो’ नागरिक नेतृत्व तहमा पुगून् भन्ने उद्देश्यका साथ साझा पार्टीका तर्फबाट उम्मेदवार छनोट गरिने बताइएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा तत्कालीन विवेकशील नेपाली पार्टी र साझा पार्टीका उम्मेदवारले राम्रो मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?