राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकियो : ३३८ मत खस्यो, १० जना अनुपस्थित

लोकपथ
497
Shares

काठमाडौं । दिउँसो ३ बजेसम्म तोकिएको राष्ट्रिय सभाको उपनिर्वाचनको मतदानको समय सकिएको छ । उपनिर्वाचनको समय सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बिहीवार भएको मतदानमा १० जना मतदाता अनुपस्थित रहेका छन् । उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदातामध्ये ३३७ जनाले मात्रै मतदान गरेका हुन् ।

उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानको नतिजा आजै आउने बताइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल शुरु गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?