काठमाडौं । भोजपुरमा दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोरलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित आरीखोला र मखुवाखोलाको दोभानदेखि करिब २० मिटर टाढा बनमारा घारीमा लगेर ती बालिकालाई मंगलवार दिउँसो ती किशोरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया