९ चैत्र २०७९, बिहीवार

फाइल कर्मचारीले उचाल्नै नसक्ने भएः गृहमन्त्री

२०७४,आश्विन,२०,शुक्रवार १५:४१

0
Shares

 काठमाडौँ, २० असोज – गृहमन्त्री जनार्दन शर्माले जनतालाई शासन होइन सेवा प्रदान गर्ने ध्येयका साथ कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने तालीम उद्घाटन गर्दै गृहमन्त्री शर्माले आजको कर्मचारीतन्त्र सेवाभावका साथ जनतामा समर्पित हुनुपर्ने बताउनुभयो ।उहाँले विगतदेखि नै सरकारी सेवा झन्झटिलो हुँदै आएको जिकिर गर्दै त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधानतिर निजामती सेवा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “फाइल यति गह्रुँगा छन् कि कतिपय कर्मचारीले उचाल्नै सक्दैनन्, तपाईँहरु दक्ष मात्र होइन इमान्दार हुन आवश्यक छ ।” तालीमका दौरान अनुत्तीर्ण हुनेलाई प्रजिअमा नियुक्त नगरिने उहाँले स्पष्ट पार्नुभयो ।कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मेहनतका साथ सबै विषयवस्तुमा दक्षता हासिल गर्न सहभागीलाई आग्रह गर्नुभयो । न्याय सेवा तालीम केन्द्रका प्रमुख कलानिधि पौड्यालले सकारात्मक सोचका साथ अनुशासित भएर तालीममा सहभागी हुन सहभागीलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार १५:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००