मङ्गल ग्रहबाट चिनीयाँ यानले पठायो पहिलो तस्वीर

लोकपथ
147
Shares

काठमाडौं । चीनले मङ्गल ग्रहमा अवतरण गरेको जुरोङ यानले खिचेको पहिलो तस्वीर सार्वजनिक गरेको छ । जुरोङ यान गत आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो ।

सो अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो।

यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

चिनियाँ यानबाट खिचिएको पछाडिको तस्बिर
चिनियाँ यानबाट खिचिएको पछाडिको तस्वीर

मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले कम्तीमा त्यहाँको ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ ।

जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ । सो यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्वीर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

  • एजेन्सी
  • तस्वीर : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?