बागमती प्रदेशमा राष्ट्रिय सभाको उप-निर्वाचन आज

लोकपथ
63
Shares

काठमाडौं । बागमती प्रदेश अन्तरगत राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचन हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) लगाएतको विपक्षी गठबन्धनबाट साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् । देवकोटालाई एमालेको माधव नेपाल समुहको पनि साथ रहेको छ । यद्यपी निर्वाचनमा माधव समुहले कसलाई मतदान गर्छ त्यो भने निकै चासोको विषय बनेको छ ।

उपनिर्वाचनमा भाग लिनका लागि मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिने भनिएको भएपनि हाल रिपोर्ट नचाहिने भएको छ । कोरोना संक्रमित मतदाताको लागि अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेका छन् । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् । भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि (क), अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि (ख) र कोभिड–१९ संक्रमितका लागि (ग) गरी तीनवटा मतदान केन्द्र तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?