आजको मौसम : केही प्रदेशहरुमा भारी वर्षा हुने, हिमाली भू-भागमा हिमपातको सम्भावना

RSS
0
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र उच्च हिमाली भू–भागका केहि स्थानहरुमा भारि हिमपात/वर्षाका सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यसैगरी आजै कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको देखि उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–तको प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?