काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय युद्ध चर्की रहेको छ । यसैबीच, हलिउड अभिनेत्री गैल ग्याडोटले इजरायलको पक्षमा प्रतिक्रिया दिएकी थिइन् । जसका कारण उनले निकै आलोचना खेप्नु परेको छ ।

के थियो उनको पोष्टमा ?

उनले ‘मेरो देश युद्धको स्थितमा छ जसले मेरो दिल टुटेको छ । मलाई मेरो परिवार साथिभाई हरुको चिन्ता लागेको छ ।’ साथै उनले इजरायललाई स्वत्रन्त्र रहने अधिकार छ भनेकी थिइन् ।

उनले यस्तो पोस्ट गरेको केही समयमै उनको पोटको ट्रोल बनेको थियो । धेरै नकारात्मक कमेन्टका कारण उनले उक्त पोस्टको कमेन्ट नै डिसएबल गरेकी छिन् । साथै उनी १२ मे देखी अर्थात पोस्ट गरेको दिन देखी कुनै पोस्ट गरेकी छैनन् ।
उनले पोस्टका कारण उनको करियरमै धक्का लागेको छ । सामाजीक सञ्जालमा पनि उनको चौतर्फी विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया