मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्री नियुक्त

लोकपथ
62.4k
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

बुधवार (आज) मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै ५ मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

जसअनुसार किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै तीन जनाले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा उद्योग पर्यटन तथा वातावरणमन्त्रीमा विकास लम्साल, भौतिक पूर्वाधारमन्त्रीमा रामशरण बस्नेत सामाजिक विकासमन्त्री नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा दिपक मनाङे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीता कुमारी पौडेलले चार जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् । भने मनाङे काठमाडौं रहेकाले सपथ ग्रहणमा उपस्थित भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?