बिटक्वाइन व्यवसाय सञ्चालन गर्ने सात पक्राउ, बिटक्वाइन व्यवसाय के हो ?

 काठमाडौँ, २० असोज – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ ।ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो ।पक्राउपर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ, ललितपुरका दमन बस्नेत र रुपन्देहीका मनिषकुमार गिरी रहेका छन् ।ब्युरोले आज पत्रकार सम्मेलन गरी बिटक्वाइनको व्यापार नेपालमा बन्देज गरेको अवस्थामा पैसा कमाउने नाममा अवैध व्यापार गरेकाले पक्राउ गरिएको जानकारी दिएको छ ।सम्मेलनमा ब्युरोका प्रमुख पुस्कर कार्कीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी बैंकको निर्देशनविपरीत गैरकानुनीरुपमा उक्त व्यवसाय सञ्चालन गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको बताउनुभयो । “राज्यलाई आम्दानी हुने राजश्वमा यस्तो व्यवसायले घाटा पु¥याउँछ”– प्रमुख कार्कीले भन्नुभयो ।पक्राउ परेकालाई आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्यको थालनी गरिसकिएको पत्रकार सम्मेलनमा प्रमुख कार्कीले बताउनुभयो । बिटक्वाइन व्यवसायमा संलग्न व्यक्तिलाई ब्युरोले पहिलोपटक नियन्त्रणमा लिएको हो ।बिटक्वाइन व्यवसाय के हो ?बिटक्वाइन व्यवसाय एकप्रकारको नेटवर्किङ व्यवसाय हो जुन व्यवसायमा सामाजिक सञ्जाल विशेषगरी इमेल, इन्टरनेट, फेसबुकमार्फत पैसाको कारोबार गरिन्छ । यो एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यो भर्चुअल पैसा हो ।यस्तो व्यवसायमा लाग्ने गिरोहले नेटवर्कका माध्यमबाट बिटक्वाइनको कारोबार गर्ने गर्दछन् । यसरी गैरबंैकिङ प्रणालीबाट व्यवसाय गर्दा राज्यको राजश्वमा कमी हुन गई देशको अर्थतन्त्र नै धरासायी हुने अवस्था आउँछ ।बिटक्वाइन व्यवसाय नेपालमा सन् २०१३ देखि भित्रिएको र हालसम्म ८÷१० लाख डलरसम्मको कारोबार भइसकेको प्रहरीले जनाएको छ ।बिटक्वाइन व्यवसायमा दोषी ठहरिए बिगो जफत गरी बिगोको तीनगुणा जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?