काठमाडौं । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।
सूर्यबिनायक नगरपालिका-९ नलिन्चोकस्थित डियूटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेललाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
जगातीबाट साँगातर्फ जादै गरेको बागमती प्रदेश-०३-००१ च ०८६६ नम्बरको माईक्रोबसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले उक्त नगद दिन खोजेपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया