काठमाडौं । छुट्टीमा घर गएका एक सिपाहीले आफ्नो श्रीमती र ५ जना बच्चाहरुलाई धारिलो हतियार प्रहार गरेका छन् । घटना यतीमै सिमित भएन । त्यसपछि उनले पनि रेलको पट्रीमा गएर आत्महत्या गरे ।
यो घटना भारतको उत्तर प्रदेशको हो ।

राति सुतिरहेका छिमेकीले अचानक रातमा आवाज आएपछि बाहिर हेरेका थिए । छिमेकीका अनुसार उनी रेल स्टेसन तर्फ भाग्दै थिए । घरमा गएर हेर्दा बच्चा र श्रीमतीलाई निर्मम तरिकाले धारिलो हतियार प्रहार गरिएको थियो । त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

उपचारका क्रममा सिपाहीको श्रीमतीको पनि मृत्यु भयो । ३ छोरी र दुई छोराहरुको भने उपचार भइरहेको छ ।
दुवै छोराहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

उनले किन यस्तो गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । छिमेकीका अनुसार उनी डिप्रेशनका रोगी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया