एमाले पाल्पाले उम्मेदवारको नाम सिफारिस ग-यो

पाल्पा, २० असोज – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट दलबहादुर राना, क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी र गणेश बस्यालको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।समानुपातिकतर्फ एकप्रसाद भण्डारी, टंक खनाल, कुबिजा अर्याल, इन्द्रा गहतराज, ठाकुर लोहागुन र मीनप्रसाद न्यौपानेको नाम सिफारिस गरेको छ ।यसैगरी, प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ प्रदेश नं १ मा युवराज खनाल, प्रदेश नं २ मा नारायण आचार्य, झपेन्द्रबहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जीवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरेको छ ।प्रदेश नं ३ मा कृष्णराज अधिकारी, कमल पाण्डेय, तीर्थ गौतम, नुरराज बस्याल, मोहन थापामगर, मोहनलाल गैरे, डा पुरनमान बज्राचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्माको नाम सिफारिस भएको छ ।यस्तै, प्रदेश नं ४ बाट कृष्ण जिसी, कृष्णबहादुर थापा, गीता भट्टराई, चिरञ्जीवी पोखरेल, झलकबहादुर रायमाझी, तुलबहादुर अधिकारी, धनबहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रञ्जना रायमाझीको नाम सिफारिस भएको छ ।साथै, समानुपातिकतर्फ देविलाल लामिछाने, उर्मिला शर्मा, कालिदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, पर्शुराम भट्टराई, रुक्मिणी देवकोटा, गीता पाण्डेय, दुर्गाप्रसाद खनाल र माधव आचार्यको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?