कोभिड बिमारीलाई निःशुल्क पोषण परामर्श दिन फोन नम्बरहरू सार्वजनिक

लोकपथ
1.3k
Shares

कोभिड १९ को महामारी अवधिभर पोषणविद् तथा डाइटिसियन सङ्घले पोषण सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ सङ्क्रमण भई घरमै आइसोलेसनमा बसिरहेकाहरूलाई यो परामर्श सेवा बढी लक्षित रहेको सङ्घले जनाएको छ ।

रोग विशेष अनुसारको पोषण सम्बन्धी विशेषज्ञता हासिल गरी विभिन्न अस्पताल र निकायमा पोषणविद् तथा डाइटिसियनको रूपमा कार्यरत विज्ञहरूले फोन मार्फत निःशुल्क परामर्श सेवा दिने छन् । यसका लागि पोषणविद् तथा डाइटिसियन सङ्घले विशेषज्ञहरूको नाम, उनीहरूको विज्ञता र फोन नम्बर सार्वजनिक गरेको छ । आफूलाई परेको समस्या अनुसार सोझै विज्ञ पोषणविद् र डाइटिसियनसंग परामर्श लिन सकिने छ ।

कोभिड १९ को सङ्क्रमण भएको अवस्थामा घरमै आइसोलेसन बसेका व्यक्तिहरूले औषधिका साथै खानपानमा विशेष ध्यान दिनु पर्ने विज्ञहरूले सुझाव दिँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमण विभिन्न दिर्घरोग भएका व्यक्तिहरूमा बढी देखिएको कारण रोग विशेष अनुसार खानपान हुनु पर्ने पोषणविद् तथा डाइटिसियन सङ्घले जनाएको छ । यस्तो अवस्थामा रोग विशेषका बिमारीहरूको खानपान शैली र खानेकुरा अलग भएको कारण अरूको सल्लाहमा भन्दा पनि सम्बन्धित रोगका पोषणविद् तथा डाइटिसियनसंग परामर्श गरेर मात्र खानु पर्ने सोही अभियानकी डाइटिसियन अनुश्री आचार्यले लोकपथ डटकमलाई बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?