भक्तपुरमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । भक्तपुरमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका-४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?