काठमाडौं । कपिलवस्तुमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया