विभिन्न धार्मिक काम गर्न कार्जे एप सार्वजनिक

लोकपथ
468
Shares

स्वदेश तथा विदेशमा रहेका सनातन हिन्दु धर्मावलम्बीहरूको विभिन्न धार्मिक अनुष्ठानका कार्यहरू पुरा गर्न कार्जे डटकमको मोबाइल एप सार्वजनिक भएको छ । यो एप मार्फत पण्डित, धार्मिक पुस्तक,पूजा सामग्री र आवश्यकता अनुसार मूर्तिहरू समेत अर्डर गर्न मिल्ने भएको छ ।

विश्व महामारीबाट ग्रस्त भएको बेला अनिवार्य गर्नुपर्ने कर्मकाण्ड तथा पूजा सामग्रीहरू ग्राहकलाई सहज र सुलभ माध्यमबाट उपलब्ध गराउने प्रमुख लक्ष्य राख्दै विगत एक वर्ष देखि कार्जे डटकमले सेवा दिदैं आएको छ । कार्जे डटकमले हालको परिस्थितिमा धेरैले भोग्नु परेको अभावलाई मध्यनजर गर्दै सेवा अझ विस्तृत बनाएको हो। प्ले स्टोरमा गएर कार्जे डटकमको एप डाउनलोड गरी सुरक्षित साथ घरमै बसेर पण्डित र पूजा सामग्री अर्डर गर्न सकिन्छ ।

यो एप मार्फत घरमै बसेर जन्मदेखि मृत्युसम्ममा चाहिने सम्पूर्ण पूजा सामाग्रीहरू, आवश्यक ब्राह्मण तथा पण्डितहरूको बोलाउन, ग्राहकको अनुकूल हेरि अफलाइन तथा अनलाइनबाट कर्मकाण्ड गराउनुका साथै ज्योतिष वास्तु सम्बन्धी सम्पूर्ण जिज्ञासाको समाधान गर्न सकिने र ज्योतीषिय चिना टिपनहरु बनाउनको लागि अर्डर गर्न सकिने संस्थापक अध्यक्ष गुरु भण्डारीले बताए ।

उनले भने, ‘यो एपबाट नेपालभर मात्र नभई विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई सहयोग पुग्नेछ, यसैलाई मध्यनजर गरेर हामीले यो एप सञ्चालनमा ल्याएका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?