बस दुर्घटनाका ८ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ, ३७ जनाको बुटवलमा उपचार

 अर्घाखाँची, २० असोज . मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ ।काठमाडौँ पठाइएकामा सन्धिखर्क –११ का गोमा बस्याल र शान्ता भुसाल, मालारानी गाउँपालिका–२ का २१ वर्षीय उमेश कुँवर र ३८ वर्षीया यमकला भुसाल, मालारानी–३ का १८ वर्षीय भानुभक्त आचार्य, ३१ वर्षीय इन्दिरा आचार्य खनाल, तिलोत्तमा नगरपालिका–३ की ६७ वर्षीया भविकला भट्टराई र गुल्मी धुर्कोटका शोभे सार्की छन् ।टाउकामा चोट लागेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पतालमा सिफारिस गरिएको प्रजिअ पखमराज भुसालले बताउनुभयो ।बस दुर्घटनाका ३७ घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र दुई सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो ।डाँडकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५७८ नंको बस सडकबाट ६० मि तल खसेको थियो । बसमा यात्रु धेरै भएको र बाटो भासिँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?