यी ३१ जिल्लामा छन् ५०० भन्दा बढी सक्रिय संक्रमित

लोकपथ
105
Shares

काठमाडौं । नेपालमा केहिदिन देखि निरन्तर घटेको कोरोना संक्रमणको दर आज पुनः बढेको छ

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालका ३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३१ जिल्ला : 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको २२ हजार ८७ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये २१ हजार ६ सय ५३ जनाको पीसीआर ९९ हजार १ सय ९८० र ४ सय ३४ जनाको एन्टिजेन परीक्षणमा ९४९ जनामा० कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ रहेको छ । यो हालसम्म कोरोना संक्रमणमुक्त हुनेदर ७४ दशमलव ४ प्रतिशत हो । त्यस्तै हाल नेपालमा ७ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?