कोरोनाबाट दाङमा २ जना जनप्रतिनिधीको मृत्यु

लोकपथ
0
Shares

दाङ। कोरोना संक्रमणबाट दंगीशरण गाउँपालिकाका-३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरीको मृत्यु भएको छ।

बाँकेको कोहलपुरमा उपचार क्रममा उनको निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए। उनमा एक साताअघि संक्रमण पुष्टि भएको थियो। सोमवार बिहान उनको निधन भएको हो।

उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। वडाध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ। त्यस्तै कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य डिल्लि चौधरीले पनि दुख ब्यक्त गरेका छन ।

त्यस्तै, तुलसीपुरका अर्का एक जनप्रतिनिधिको पनि निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका-१३ का वडासदस्य केशरलाल चौधरीको आइतवार ११ बजे ४४ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि जण्ड‍िस रोगबाट ग्रसित थिए। उपचार क्रममा उनको निधन भएको कार्यबाहक वडाध्यक्ष विनोद पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?