गरीब जनतालाई उज्यालो

लोकपथ
56
Shares

काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिका – ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ । वडाका २० युनिटभन्दा कम विद्युत खपत गर्दै आएका ५२७ घरधुरीलाई विद्युत उपलब्ध गराइएको हो ।

कोरोनाका कारण लामो समयदेखि रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पुर्‍याएको छ ।

कार्यक्रमअन्तर्गत वडाले विपन्नको विद्युत महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको छ । आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७५९ घरधुरी छन् । विद्युतको पहुँचमा रहेकामध्ये २० युनिटभन्दा कम विद्युत खपत गर्ने घरधुरीका लागि विद्युत महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?