सामुदायिक वनमा आगो निभाउन गएका आचार्यको जलेर मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ अमिलेस्थित छहराखोला सामुदायिक वनमा आइतवार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने ७८ वर्षीय लिलाधर आचार्यको आगोले जलेर मृत्यु भएको छ ।

स्थानीयवासीसँगै आगो निभाउने क्रममा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, प्युठानको ऐरावती गाउँपालिका-१ बेलबोटस्थित बस्तीमा आइतवार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने श्याम आले लगायतको ६ वटा घर र ७ वटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?