उच्च रक्तचापलाई नियन्त्रण गर्ने डाक्टरको यस्तो छ सुझाव (भिडियो सहित)

लोकपथ
18.9k
Shares

‘साइलेन्ट किलर’ भनिने उच्च रक्तचापको समस्या अहिले विश्वमै तीव्र रूपमा बढ्दै गएको छ । एक सर्वेक्षण अनुसार अहिले विश्वका ३० प्रतिशत वयस्कहरूमा उच्च रक्तचापको समस्या रहेको देखाएको छ ।
ग्लोबल हेल्थले सन् २०१४ देखि २०२० सम्म नेपालमा गरेको सर्वेक्षण अनुसार नेपालका सहरी क्षेत्र र ग्रामीण क्षेत्रका वयस्क पुरुषमा सुरुवाती अवस्थाको उच्च रक्तचापको समस्या ४० प्रतिशतमा रहेको जनाएको छ ।

विश्वमा रक्तचापको समस्या बढ्दै गएपछि प्रत्येक वर्षको मे १७ तारिखमा विश्व उच्च रक्तचाप दिवस मनाउदैं आएको छ । यो दिनमा उच्च रक्तचापको परीक्षण, नियन्त्रण जस्ता विषयमा विभिन्न किसिमले सचेतनाका कार्यक्रमहरू गरिने गरिन्छ । यस वर्षको विश्व रक्तचापको नारा ‘रक्तचापको मापन सही ढङ्गले गरौँ, नियन्त्रण गरौँ र लामो उमेर बाँचौ’ भन्ने रहेको छ ।

विश्व रक्तचाप दिवसको अवसरमा पाटन शिक्षण अस्पतालमा जनरल प्य्राक्टिसन डा. रोनी महर्जनले रक्तचाप किन हुन्छ ? के कारणले हुन्छ ? र यसको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा दिनु भएको भिडियो सामग्री हेर्नुहोला ।

भिडियो लिंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?