प्रधानमन्त्री भन्छन् -बेड अभाव छैन, संक्रमितलाई भुईमा राखेर उपचार गर्न बाध्य छ टेकू अस्पताल !

लोकपथ
77
Shares

काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराईरहेका छन् ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो ।

संघीय राजधानी काठमाडौंको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार गराईएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ । वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँ मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् ।

No description available.

आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् । कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?