हालसम्म कोरोना पुष्टि भएकामध्ये ६१ प्रतिशत पुरुष (विवरणसहित)

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा हालसम्म ४ लाख ५५ हजार २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ८१ हजार ५ सय ८९ जना पुरष रहेका छन् भने १ लाख ७३ हजार ४ सय ३१ जना महिला रहेका छन् ।

महिलाको तुलनामा पुरुषमा धेरै कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयको तथ्याङ्क छ । कूल संक्रमितको ६१ दशमलव ८८ प्रतिशत संख्या पुरुषको रहेको छ भने ३८ दशमलव १२ प्रतिशत महिला रहेका छन् ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको तथ्याङ्क :

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार ३ सय १६ जनाको पीसीआर पोजेटिभ र ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा १ लाख १० हजार २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ८ सय ८१, भक्तपुरमा २ सय ९२ र ललितपुरमा ४ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै हाल नेपालमा जम्मा ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?