मोटरसाइकलको चेनमा सल बेरिँदा घटनास्थलमै मृत्यु

लोकपथ
217
Shares

काठमाडौं । सिरहामा मोटरसाइकलको चेनमा सल बेरिँदा एक जनाको मृत्यु भएको छ । गोलवजार नगरपालिका-५ थारु टोल वस्ने २७ वर्षीया निरु देवी साहको मोटरसाइकल दुर्घटनामा परी शनिवार बिहान मृत्यु भएको हो ।

उनका श्रीमान राजेश्वार साहले चलाएको स १० प ४५२२ नम्बरको मोटरसाइकल औरही गाउँपालिका-१ हर्कट्टी चोकमा पुग्दा चेनमा सल बेरिएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?