तास खेलिरहेका १३ जुवाडे पक्राउ

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२० रामघाट बस्ने मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिला गरी १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ८५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?