कोरोनाका कारण थप १ सय ४५ जनाको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा थप १ सय ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । देशभर गरेर थप १ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?