जापानमा ६.१ म्याग्नीच्यूडको भूकम्प

लोकपथ
49
Shares

टोकियो । जापानको होक्काइडो प्रिफेक्चरमा आइतवार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।

जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूकम्प स्थानीय समय अनुसार आइतवार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो ।

भूकम्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?