रहेनन् गीतकार चेतन कार्की

लोकपथ
26.4k
Shares

काठमाडौं । वरिष्ठ गीतकार, साहित्यकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । कार्कीको आईतवार बिहान करिव १० बजे छाउनीस्थित आर्मी अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका निर्देशक कार्कीको निधन हृदयाघातका कारण भएको अस्पतालले जनाएको छ । विक्रम संवत १९९५ मा जन्मिएका निर्देशक कार्कीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

तीजको रहर आयो बरी लै उनको सर्वाधिक लोकप्रिय गीत हो । त्यस्तै माया प्रिती, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?