कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शवबाट भाइरस सर्छ ? यसो भन्छ डब्लुएचओ

लोकपथ
658
Shares

काठमाडौं । कोरोना संकमणका कारण ज्यान गुमाएकाहरुको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाका कारण कोही वरपर जादैँनन् । के कोरोनाका कारण ज्यान गुमाएकाहरुको शवबाट कोरोना सर्छ ? मृतकको शरीरले कोभिड–१९ फैलाउन सक्छ ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन ? अनि शवलाई जलाउनु उचित कि गाड्नु ? हरकोहीको मनमा उठ्ने सवाल यही हो । यसैबारेमा विश्व स्वास्थ्य सङ्गठनले के भनेको छ भन्ने तथ्य प्रस्तुत गरेका छौँ ।

विश्व स्वास्थ्य सङ्गठन के भन्छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड–१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन ।

यो रोग लगाउने भाइरस विशेषगरी मानिसले निकाल्ने थुक वा र्‍याल जस्ता छिटाहरूबाट सर्छ । बोलदा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन । भाइरस केही दिनसम्म जीवित रहन सक्छन ।

आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन। अप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा अमेरिकन हेल्थ अर्गनाइजेशनका प्रवक्ता विलियम अडुक्रोले भनेका थिए ।

डब्लुएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा भनिएको छ, ‘यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई पोष्टमार्टमका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ । अन्यथा शवबाट रोग सर्दैन ।’

तर कडा खाले श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन ।

पोष्टमार्टमका बेला ती भाइरस बाहिर आउन सक्छन । त्यसमा प्रयोग भएका उपकरणमा पनि ती बस्न सक्छन ।

कोभिड–१९ लागेर ज्यान गएकाका मृतकका आफन्त र साथीले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ ।

कोरोनाभाइरस

अन्तिम संस्कारमा को जाने को नजाने ?

डब्लुएचओले मृतकका आफन्त तथा साथीहरूले अन्तिम संस्कार हेर्न पाउने बताएको छ । यद्यपि उनीहरूले पनि केही नियम भने पालना गर्नुपर्ने हुन्छ ।

डब्लुएचओको निर्देशिकामा भनिएको छ, ‘शवलाई चुम्बन गर्ने वा अन्य कुनै तरिकाले स्पर्श गर्नु हुदैन । शवको अन्तिम विदाई गरिसकेपछि साबुन पानीले हात धुनुपर्नेछ । शव हेर्नका लागि कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्नेछ ।

श्वासप्रश्वास सम्बन्धी लक्षण भएका व्यक्तिले अन्तिम संस्कारमा सहभागी हुनुहुदैन । यदि अन्तिम संस्कारमा सहभागी हुनै पर्ने भएमा संक्रमण फैलिन नदिनका लागि मास्क लगाउनुपर्छ ।’

कोरोनाभाइरस

बालबालिका, ६० वर्ष माथिका र कमजोर प्रतिरक्षा प्रणाली भएका ब्यक्तिले शवसँग सम्पर्कमा आउनु हुँदैन ।

नेपालमा आजको दिनसम्म कोरोनाका कारण ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका छन । नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । त्यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

कोरोनाका कारण दैनिक २ सय बढीले ज्यान गुमाइरहेका छन । ८ हजारको हाराहारीमा संक्रमितहरु थपिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?