चीनबाट स्वास्थ्य सामाग्री बोकेका गाडी आज तातोपानी नाका आइपुग्ने

लोकपथ
105
Shares

काठमाडौं । नेपाल सरकारलाई चीन सरकारले अनुदानमा दिएको अक्सिजनलगायत स्वास्थ्य सामाग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउन लागेका छन् ।

अक्सिजनलगायत स्वास्थ्य सामाग्री बोकेका गाडी आज तातोपानी भन्सार कार्यालय आइपुग्ने तातोपानी भन्सार नाकाका प्रमुख नारद गौतमले बताए ।

उताबाट गाडी हिडिसकेको र सम्भवत आजै तातोपानी नाका आइपुग्ने उनले बताए । नाकामा सामान आएपछि काठमाडौं पठाइने उनले बताए ।

‘ठ्याक्कै कति सामग्री आउँदैछ भन्ने जानकारी हामीले पाइसकेका छैनौ । नाकामा सामाग्री आएपछि मात्रै थाहा हुन्छ’, उनले थपे ।

साथै निजी क्षेत्रले पनि तातोपानी नाकाबाट सात हजार ५ सय अक्सिजन सिलिन्डर ल्याउने लागेका छन् ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चिनियाँ अनुदानको १८ हजार थान अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै आउन लागेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?