ओलीको हमलाः कांग्रेस थोत्रो रुख हो, युरिया मल हाल्नुको अर्थ छैन

काठमाडौ, २० असोज– नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसलाई थोत्रो रुखको संज्ञा दिएका छन् ।  उनले  थात्रो रुखमा युरिया मल हाल्नुको अर्थ नरहेको भन्दै अब बामपन्थी दलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई बढी ल्याएर देखाइदिने बताए ।  उनले कांग्रेसलाई जनताले चिनिसकेको भन्दै ऊ बाट विकास सम्भव नरहेको प्रष्ट भइसकेको बताए ।उनले वामपन्थीहरुले कार्यगत एकता गर्ने घोषणा गरेपछि कांग्रेसलाई  निन्द्रै लाग्न छोडेको समेत बताए ।शुक्रबार एमाले काठमाडौ जिल्ला कमिटिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमाले, माओवादी र नयाँ शक्तिबीच हाल कार्यगत एकता र पछि पार्टी एकीकरणका गर्ने घोषणा गरेपछि  देशमा सिलिपिङ ट्याब्लेटको हाहाकार हुन थालेको भन्दै पार्टी नै एकीकरणपछि झन कस्तो होला ? भनेर प्रश्न गरे ।उनले वामपन्थीको गठनबन्धनलाई यज्ञको नाम दिदै अब कसैले बिथोल्न नसक्ने बताए । सो अवसरमा पूर्व डिआईजी नवराज सिलवाल एमाले प्रवेश गरेका थिए भने उनलाई ओलीले स्वागत गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?