काठमाडौं । दैलेखमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
आफ्नै ४७ वर्षीय बुबा नकुल बुढाको हत्या गरेको अभियोगमा डुङ्गेश्वर गाउँपालिका-६ डुङ्गेश्वर बजार बस्ने २१ वर्षीय विकाश बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकाशले आफ्नै बुबालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथिल्लो ढुङ्गेश्वर र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते नकुलको स्थानिय मेडिकल डुङ्गेश्वरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया