हालसम्म ज्यान गुमाएका ४ हजार ८ सयबढी संक्रमित कुन उमेर समूहका कति ? (सूचीसहित)

लोकपथ
112
Shares

काठमाडौं । हालसम्म नेपालमा कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

जसमध्ये सबै भन्दा धेरै मृत्यु ६० वर्षमाथिका मानिसको भएको छ । ६० वर्षमाथिका २ हजार ७ सय ३५ जान मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हेर्नुहोस् पूण विवरण :

० देखी ९ उमेर सुमूहका                –              २९ जना
१० देखी १९ उमेर सुमूहका             –              २९ जना
२० देखी २९ उमेर सुमूहका            –              १ सय ३८ जना
३० देखी ३९ उमेर सुमूहका            –              ३ सय ८५ जना
४० देखी ४९ उमेर सुमूहका           –              ६ सय ५९ जना
५० देखी ५९ उमेर सुमूहका           –              ८ सय ८१ जना
६० देखी माथि                             –               २ हजार ७ सय ३५ जना

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा हाल १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?