काठमाडौं । काठमाडौंमा मात्रै कोरोना संक्रमणका कारण हालसम्म १ हजार १ सय १ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार काठमाडौंमा हालसम्म १ हजार १ सय १ जना, ललितपुरमा २ सय ९७ जना र भक्तपुरमा २ सय १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४ हजार ८ सय ५६ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
शनिवार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा हाल १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया