नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार नाघ्यो, काठमाडौंमा मात्रै ३० हजार बढी

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा हाल १ लाख ९ हजार बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको पछिल्लो विवरणका अनुसार नेपालमा हाल १ लाख ९ हजार ७ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

कूल १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित मध्ये काठमाडौंमा ३० हजार १ सय २४ जना रहेका छन । त्यस्ते भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १ सय १ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

शनिवार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

यस्तै कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४ हजार ८ सय ५६ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?