नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त

लोकपथ
28
Shares

काठमाडौं । नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

शनिवार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाका कारण थप १ सय ८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?