मिस युनिभर्समा अंशिका शर्माको आकर्षक प्रस्तुति

लोकपथ
476
Shares
अमेरिकामा आइतबार राती आयोजना हुने मिस युनिभर्स २०२१ को ग्राण्ड फिनालेमा सहभागी हुने राष्ट्रिय सुन्दरीहरूको पहिलो चरणको प्रतिस्पर्धामा सम्पन्न भएको छ । यो चरणमा सहभागी प्रतिस्पर्धीको परिचय राउन्ड, कस्ट्युम राउन्ड र स्विमसुट राउन्ड भएको थियो ।

विश्वका ७४ राष्ट्रका राष्ट्रिय सुन्दरीहरूले सहभागिता गरेको यो प्रतियोगितामा निर्णायकहरुको भोटको आधारमा २० देशका सुन्दरीहरू सोझै ग्राण्ड फिनालेमा छानिने छन् भने एक जना प्रतियोगी भने आम मानिसले गरेको भोटिङका आधारमा प्रवेश पाउने छन् ।

गत वर्ष कोरोना सङ्क्रमणको कारण आयोजना हुन नसकेको मिस युनिभर्स यस पटक अमेरिकाको हलिउडमा रहेको एक होटेलमा हुने छ । यस पटकको प्रतियोगितामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल २०२० विजेता अंशिका शर्माले सहभागिता जनाएकी छिन् ।

मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन अंशिका दुई साता अगाडी अमेरिकातर्फ प्रस्थान गरेकी हुन् । यो प्रतियोगिताका लागि ४ महिना विभिन्न किसिमको ग्रुमिङ प्रशिक्षण लिएकी शर्माको आशा भने भोटिङ मार्फत भए पनि फाइनलिष्टमा पर्ने भन्ने नै रहेको छ । शुक्रवार राती भएको पहिलो चरणको प्रतियोगितामा अंशिकाले हिमाल प्रति समर्पित गरिएको पोसाक लगाएर निर्णायकहरुको ध्यान खिच्ने प्रयास गरेकी थिइन् । अंशिकाले मिस युनिभर्समा लगाएको ड्रेसको डिजाइन र कन्सेप्ट बिना घलेले गरेकी थिइन् ।

तस्विरहरुः मिस युनिभर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?