आइजीपी बन्न नसकेका सिलवाल बने एमाले, पार्टी प्रवेश गर्दै यसो भने

नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका डिआईजी सिलवाललाई पार्टीमा प्रवेश गरएका हुन ।सर्वोच्च अदालतबाट आईजीपी प्रकरणको मुद्दामा हारेपछि डिआईजी पदबाट राजीनामा दिएका उनको राजीनामा विचाराधिन अवस्थामा छ ।डिआईजी पदबाट दिएको राजीनामा विचाराधिन अवस्थामै रहेका बेला पार्टी प्रवेश गर्नु भएका सिलवालले मुलुकलाई अघि बढाउने सोच, संकल्प र योजना भएकाले एमालेका प्रवेश गरेको स्पष्ट पारे ।उनले आफ्नो जीवनमा राजनीतिले हस्तक्षेप गरेकाले त्यसबाट जोगिन पनि आफूले राजनीतिमा प्रवेश गर्नु परेको पनि प्रष्टिकरण दिए । सिलवालले आफूले ३० वर्ष प्रहरी सेवामा रहेर राष्ट्रको सेवा गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन पनि आफूले राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको पनि बताए । तेस्रो वरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने तत्कालीन सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न पुगेपछि सिलवालको सरकारसँग निरन्तर संघर्ष चल्यो । सर्वोच्चले चन्दलाई आईजीपी बनाउन रोक लगाएपछि सरकारले प्रकाश अर्याललाई आईजीपी बनायो । सिलवाल फेरी आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका थए । तर अदालतले अर्याललाई आईजीपी बनाउने सरकारको निर्णयकै पक्षमा फैसला गरेपछि सिलवालले जनतामा जाने भन्दै डिआइजी पदबाट राजीनामा दिएका थिए । यता, एमाले अध्यक्ष ओलीले भने सिलवाललाई आईजीपी नबनाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?