इजरायल-प्यालेस्टाइन युद्ध : युद्धविरामको वार्ताका लागि अमेरिकी दूत पुगे इजरायल

लोकपथ
195
Shares

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच युद्ध जारी रहेकाले वार्ताका लागि डे एस्केलेसन अमेरिकी दूत तेल अवीव पुगेका छन् । इजरायल र प्यालेस्टाइनबीचको युद्धले चर्को रुप लिएपछि वार्ताका लागि अमेरिकी दूत आइपुगेका हुन् ।

युद्धविराममा सहमति हुने आशामा इजरायली, प्यालेस्टाइन र संयुक्त राष्ट्रका अधिकारीहरूसँग वार्तामा भाग लिने भएका छन् ।

The site of destroyed houses in the northern Gaza strip

शनिवार बिहानै इजरायलले गाजामा हवाई हमला गरेको थियो र प्यालेस्टाइन आतंककारीहरूले इजरायलमा राकेट प्रहार गरेर त्यसको प्रतिक्रिया दिएका छन् ।

विगत ५ दिनमा रेकर्ड गरिएका घटनाहरूले यस क्षेत्रमा वर्षमा सबैभन्दा खराब हिंसा बनाएको छ । लडाई शुरु भएदेखि गाजामा कम्तिमा १३३ जना मारिएका छन् र आठ जना इजरायलमा मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?